मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारीमा रहेका युवाहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ को घोषणा गरेका छन् ।
यस अभियानको संयोजन स्थानीय तहको निर्वाचन २०७९ मा काठमाडौँ महानगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका सुमन सायमीले गरेका छन् ।
ललितपुर सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजित उक्त घोषणा कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरु काँधमा राष्ट्रिय झण्डा र हातमा लौरो लिएर प्रस्तुत भएका थिए ।
आज घोषणा गरिएको उम्मेदवारहरुमा, प्रतिनिधिसभा तर्फ काठमाडौँ – २ बाट ई. रोहन कार्की, काठमाडौँ – ५ बाट मधुसुदन पाठक, काठमाडौँ – ८ बाट सुमन साय्मी, काठमाडौँ – ९ बाट विद्या श्रेष्ठ महर्जन, ललितपुर – ३ बाट राजाराम तण्डुकार, भक्तपुर – २ बाट ‘दह्रो स्तम्भ’ लोकेन्द्र र रुपन्देही – ५ बाट भिष्म राना रहेका छन् ।
प्रदेश सभा तर्फ काठमाडौँ – २ (क) बाट विनोद बजगांइ, उदयपुर – १ (क) बाट गजेन्द्र कुमार भगत, महोत्तरी – २ (ख) बाट अनिल कुमार पाण्डे र सुनसरी – १ (क) बाट विजय कालिकोटे रहेका छन् ।
कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरुले छोटकरीमा आफ्नो भनाइहरु राखेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३