सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलको सक्रियतामा १३ लाखको अवैध सामानहरु बरामद गरेको छ।
सशस्त्र प्रहरी बलले पर्साको विभिन्न नाकाहरुवाट छुट्टाछुट्टै नाकाहरुबाट १३ लाख मुल्य बराबरको लत्ताकपडा , हाडयेवर, मोर्टर पार्टस, मोबाइल पार्टस , किराना सामान, मोटरसाइकल तथा काठहरु बरामद गरको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।
सशस्त्र प्रहरीको सक्रियताले पर्साको वीरगंज भन्सार , ईनार्वा , नागवा वडा १७ कोन्हिया , वडा नम्बर २४ ,वडा नम्बर २५ , वडा नम्बर ३१ र वडा नम्बर १ र वडा नम्बर २, दशौता , भिस्वा , भिखमपुर लगाएतको नाकाहरुवाट भारतवाट नेपाल तर्फ अवैध रुपले भित्राएका १३ लाख ४२ हजार ४ सय ७९ रुपैया बराबरको सामानहरु बरामद गरि वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख पोखरेलले जनकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७