संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गर्ने एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।
ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड शेरजंग कुँवरले अभद्र व्यवहार गर्दै लाइनमा बस्न भनेका थिए । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराले मन्त्रीमाथि अभद्र व्यवहार गरेकाले सुरक्षा गार्ड कुँवरलाई पक्राउ गरिएको पुष्टि गरे । उनीविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
कुँवरले ‘मन्त्रीसन्त्री चिन्दिन, जो भए पनि लाइनमा बस्नुपर्छ’ भन्दै श्रेष्ठलाई रोकेका थिए । कुँवरको जवाफपछि मन्त्री श्रेष्ठ र पिएसओले उनीसँग बाझाबाझ गरेका थिए । पर्यटन मन्त्रालयले आफ्ना मन्त्रीमाथि दुव्र्यवहार गरेको भन्दै कुँवरविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी दिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३