संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधरणलाई आग्रह गरेका छन् ।
मन्त्री लाइनमा नबसेको उल्टै लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई पक्राउ गरेको भन्दै मन्त्री श्रेष्ठको सामाजिक संजालमा आलोचना भएको थियो । सर्वसाधरणले मन्त्री श्रेष्ठमाथि आलोचना गर्न थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन आग्रह गरेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमार्फत सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गरे । उनले सर्वसाधरणको प्रतिक्रिया स्वाभाविक भएको भन्दै त्यो घटना लाइनमा नबसेर भएको नभई मन्त्री श्रेष्ठ र र उनको सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको प्रष्टीकरण दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्,‘छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सवै नेता र मन्त्री खराव हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’
मन्त्री श्रेष्ठलाई ‘मन्त्रिसन्त्री’ चिन्दिन भन्दै दुरव्यवहार गर्ने एक सुरक्षागार्ड पक्राउ परेका थिए । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले दुरव्यवहार गरेका थिए ।
मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर ५ दिनको म्याद थप गरेको छ । सेक्युरिटी गार्डलाई पक्राउ गरेपछि मन्त्री श्रेष्ठलाई सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३