राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्शका लागि भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त अधिकृतहरुलाई शीतलनिवास बोलाएकी छन् ।
शतिलनिवास श्रोतका अनुसार राष्ट्रपतिले बिहीबारका लागि दुवै प्रहरी र विभागका अवकाशप्राप्त महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुलाई सामूहिक परामर्शका लागि बोलाएकी हुन् ।
संघीय संसदबाट पारित नागरिकता ऐन संशोधन विधेयक दोश्रोपटक प्रमाणीकरणका लागि शीतलनिवास पुगेपछि राष्ट्रपतिले त्यसबारे परामर्श गर्न तीनवटै निकायका १ सयभन्दा बढी पूर्वअधिकारीलाई परामर्शमा बोलाएकी हुन् । यसअघि नागरिकता विधेयककै विषयमा प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनाका पूर्वप्रधानसेनापति र जर्नेलहरुसँग रात्रिभोज सहित परामर्श गरेपछि राष्ट्रपति विवादमा आएकी थिइन् ।
राष्ट्रपतिले पहिलोपटक प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक १५ बुँदे सुझावसहित पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले जस्ताको त्यस्तै विधेयक पारित गरी प्रमाणीकरणका लागि पठाएको छ । दोस्रोपटक आएको विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक कानूनी व्यवस्था छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३