निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि भ्रष्टाचारीको आरोप लगाएका छन् ।
आइतबार महाअभियोग सिफारिस समिति बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा राणाले पूर्वप्रधानमन्त्री ओली र पूर्वअर्थमन्त्री पौडेलले भ्रष्टाचार आरोपमा मुछेका हुन् । सांसदहरुले सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा घोटाला गरेको विषयमा राणासँग प्रश्न सोधेका थिए ।
राणाले उक्त प्रकरणमा ओली र पौडेल संलग्न रहेको आरोप लगाए । बैठकमा पौडेल आफैं उपस्थित थिए । राणाले कार्यालय प्रमुखको हैसियतमा आफूले भवन निर्माणको ठेक्कामा हस्ताक्षर गरेको र त्यसमा ओली र पौडेलको सहयोग रहेको बताए । तर, सांसदहरुले प्रधानन्यायाधीश कार्यालय प्रमुख नहुने भन्दै प्रतिप्रश्न गरे ।
उनीहरुले सर्वोच्चको मुख्य रजिष्ट्रार कार्यालय प्रमुख हुने भन्दै ठेक्कापट्टाका फाइलमा प्रधानन्यायाधीशले हस्ताक्षर गर्न नमिल्ने बताए । राणाले आफूले हस्ताक्षर गरेको भवन निर्माणको ठेक्कासम्बन्धी कागजात नै देखाए । समितिले राणालाई कूल ४३ मध्ये ३५ प्रश्न सोधेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३