संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिइ सकेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले अन्तिम बयान दिएका हुन् ।
समितिले राणालाई ४३ वटा प्रश्न सोधेको थियो । प्रश्नको जवाफमा राणाले आफ्नो बचाउ गरेका छन् । राणाले आफ्नो कुनै गल्ती नभएको देखाउँदै अरुको खोइरो खनेका थिए ।
राणाले आफ्नो बयान दिइसके पनि समितिले बयानमा प्रतिप्रश्न गर्न पुनः बोलाउने समिति सदस्य कृष्णभक्त पोखरेलले बताए । समितिले नेपाल बार एशोसियनका पूर्वपदाधिकारी, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश लगायतलाई पनि बोलाउने निर्णय समितिले गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३