सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामाथि गम्भीर प्रहार भएको निश्कर्ष निकालेको छ ।
बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले उक्त निश्कर्ष निकालेको हो । बैठक पछि गठबन्धनले संयुक्त रुपमा एक बिज्ञप्ति जारी गर्दै राष्ट्रपतिको यो कदमबिरुद्ध सचेत रहन संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार क्षेत्र लगायत सबै पक्षलाई आग्रह गरेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको गठबन्धनको ठहर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७