नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले जनाएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पछिल्लो समय भारतबाट इन्धनको मूल्य केही कम भएर आएकाले नेपालमा मूल्य समायोजन गरिएको जानकारी दिए।
निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७