काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध नेवाः समुदायका अभियान्ता र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेवाः सभ्यता र संस्कृतिमाथि डोजर चलाएर आतंकित बनाएको भन्दै नेवाः समुदाय आक्रोशित बनेका हुन् ।
महानगरले बाङ्गेमुढाको त्वाः छेँ भवन डोजर लगाएर भत्काएपछि त्यहाँका स्थानीयहरु विरोधमा उत्रिएका छन् । सर्वोच्च अदालतमा विचराधिन रहेको मुद्दामा महानगरले जबरजस्ती भत्काएको स्थानीयको आरोप छ ।
आक्रोशित स्थानीयले महानगरका मेयर शाहको पुत्ला दहन गरेका थिए । स्थानीयहरुले महानगरले भत्काएको त्वाः छेँ को पुनः निर्माण गर्ने संकेत स्वरुप इटा राखेका थिए । उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका हुन्।
महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका हुन्।
त्वाः छेँ माथिको आक्रमणलाई नेवाः समुदायले चरणबद्ध रुपमा आन्दोलन गर्ने तयारीसमेत गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७