काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले जारी गरेको वरियताअनुसार नेपाल १६ औं स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७ औं स्थानमा थियो ।
हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।
नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौं स्थानमा अष्ट्रेलिया छ ।
आईसीसी विश्व टी २० बरियतामा भने नेपाल १२ औं स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दीप ८४ औं स्थानमा छन् । यसअघि उनी ८५ औं स्थानमा थिए । यसअघि ७५ औं स्थानमा रहेका करन ७४ औं स्थानमा पुगेका छन् ।
यस्तै अलराउण्डरतर्फ पारस २७ औं स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२ औं स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५ औं स्थानमा यथावत छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७