एमाले नेतृ एवं निवर्तमान प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले पार्टी नेतृत्वले विदेशी शक्तिका सामु आत्मसमर्पण गरेको आरोप लगाएकी छन् ।
गृह जिल्ला दाङमा सोमबार मतदातासँगको अन्तरक्रियामा चौधरीले विदेशी दबाबमा एमाले उच्च नेतृत्वले आफूलाई टिकट नदिएको आरोप लगाइन् । एमालेले टिकट नदिएपछि चौधरीले आइतबार दाङ–१ मा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
उक्त क्षेत्रमा एमालेले शान्त चौधरीलाई उम्मेदवार बनाएको छ । आफूले भारतीय हस्तक्षेपको विरोध गर्दै आएका कारण टिकटबाट बञ्चित गरिएको संगीन आरोप उनले लगाइन् ।
‘सबैलाई थाहा छ कि मैले भारतीय हस्तक्षेपबारे प्रश्न उठाउँदै आएकी थिएँ’, उनले भनिन्, ‘एमाले नेतृत्वले बाहिरिया छिमेकी राष्ट्रको दबाबमा हामीजस्ता देश हित चाहने व्यक्तिलाई टिकट दिएन ।’
चौधरीले तत्कालीन सांसद सरिता गिरिलाई संसदबाट हटाउन आफूले भूमिका खेलेको दाबी गर्दै उनले सन्तोष व्यक्त गरिन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको चर्चा गर्दै चौधरीले जनताको मन जित्न सके निर्वाचन जित्न कुनै दलको साहरा नचाहिने जिकिर गरिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३