सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन् ।
चौधरीले मन्त्रीका रुपमा प्रयोग गर्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी शुक्रबार फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आचार संहिता आकर्षित भएकाले गाडी फिर्ता गरिएको चौधरीले सचिवालयले जानकारी दिएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता चौधरी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ-३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । चौधरीसँग उनकै दुई पूर्वसहकर्मी शान्ता चौधरी र गंगा चौधरी चुनावी मैदानमा उत्रिएका छन् ।
शान्तालाई एमालेले उम्मेदवार बनाएको हो भने गंगाले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । शान्ता र गंगा यसअघि ०७४ मा एमालेबाट समानुपातिक पद्धतितर्फबाट प्रतिनिधिसभा सदस्य थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३