रुपन्देही मायादेवी गाउँपालिका भिलरहवा निवासी ५० वर्षीय रमेश लोध मंगलबार बिहान आफन्तको बिहेमा जन्ती गएर घर फर्किँदै थिए। विवाह भइरहेको स्थानभन्दा सय मिटरको दूरीमै उनको यात्रा टुङ्गियो।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मध्यान्ह १२ बजे रमेशले चलाएको मोटरसाइकललाई बनकटियामा ट्रकले ठक्कर दिएको हो।
रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डको बनकटियामा भएको यो दुर्घटनामा रमेशले ज्यान गुमाए।
भैरहवाबाट लुम्बिनी तर्फ जाँदै गरेको लु १ ख ३३१४ नंं को ट्रकले रमेशले चलाएको लु. २ प १८७९ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनास्थलमै रमेशको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट लुम्बिनीका प्रहरी सहायक निरिक्षक नारायण प्रसाद भण्डारीले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७