आगामी निर्वाचन पश्चात आफू प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नहुने ऊर्जा मन्त्री तथा ललितपुर – ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार पम्फा भुसालले खुलासा गरेकी छिन् ।
बाम – लोकतान्त्रिक गठबन्धनको ललितपुर-३ अन्तर्गत ललितपुर महानगर वडा १५ को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटनका क्रममा उनले यस्तो खुलासा गरेकी हुन् । बाम – लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु भनेको निरंकुशताविरुद्धको आन्दोलनको पुनरावृत्ति हुने पनि मन्त्री भुषालले बताइन् ।
अग्रगमन र प्रतिगमनबीचको यस निर्वाचनबाट इतिहास सुनौलो अक्षरले लेख्ने की कालो अक्षरले लेख्ने जनताको हातमा रहेको एकीकृत समाजवादीका ललितपुर सचिव सुदर्शन मिश्रले बताए । गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई जनताले विजयी गराउने पनि उनले विश्वास व्यक्त गरे ।
ललितपुर – ३ ले प्रतिनिधि सभाको उम्मेदवार निस्कलंक व्यक्ति पाएको भन्दै ललितपुर – ३ प्रदेश ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले नेपाली कांग्रेसका कार्यकर्ताले निर्धक्कसँग पम्फा भुसाललाई मतदान गर्ने वचन व्यक्त गरे । ४ हजार ३ सय भन्दा बढी मतले प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुषाल विजयी हुने पनि उनले दाबी गरे ।
उम्मेद्वारहरूले एक अर्काको पार्टी झण्डा फहराएर चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३