ताम्रकार समाजले नियमित रुपमा गर्दैआइरहेको ताम्रकार फूटसल प्रतियोगिताको पाँचौं संस्करण कार्तिक १९ र २६ गते शनिबारका दिन आयोजना गर्ने भएको छ। सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा प्रतियोगिता हुने भएको छ ।
विगत चार संस्करण सफलता पूर्वक सम्पन्न गरे पश्चात पाँचौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
ताम्रकार फूटसलको पाँचौं संस्करणमा विभिन्न ८ वटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन् । विजेता तथा उप-विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागी करीब साढे आठ लाख जति खर्च लाग्ने अनुमान छ ।
ताम्रकार समाजको युवा तथा खेलकूद उप-समितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रमोस्नल भिडियो प्रकाशन लगायतका कार्यहरु भइसकेका छन्। प्रतियोगिताको हरप्रहर डट कम, हाम्रो खेलकूद अनलाइन, रेडियो उपत्यका, लहना संचार मिडिया सहयात्रीका रुपमा रहेका छन्।
उक्त प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्ने छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७