डेनमार्कमा अक्टुबर २७ तारिखका दिन नेपाली समुदायले नेपाल संवत् भव्यताका साथ मनाएका छन् | नेपाल संवत् ११४३ अनुसार नयाँ वर्षको पहिलो दिन प्रवासमा पनि भब्य रुपमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाएको छ। सदा बर्षझैं नेवा: गुथी डेनमार्कको आयोजनामा नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रम गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए | सबै सम्प्रदायहरूको आ-आफ्नो परम्परा अनुसार नेवारी समुदायको म्ह पूजालाई डेनमार्कबासी नेपालीहरुले सांस्कृतिक साँझको आयोजना गर्दै हर्षोल्लासपूर्ण रुपमा मनाइएको डेनमार्कबाट संस्थाका संथापक शशि श्रेष्ठले जानकारी दिए । झन्डै ७० जना सहभागी रहेको कार्यक्रममा प्रत्येकका निम्ति मण्डप तयार गरिएको थियो।
बिगत दश बर्ष देखि ‘हाम्रो संस्कृति, हाम्रो परम्परा र हाम्रो गौरव’ मूलमन्त्रका साथ नेपाल सम्बतको नयाँ वर्षमा बालबालिकाहरु र महिलाहरुले हाकु र पटासीमा सजिएकाले कार्यक्रम थप सौन्दर्य भएको सहभागीहरुले नेपालमै रहेको अनुभूति पाएको समेत प्रतिक्रिया दिए । कार्यक्रममा नेवारी मिष्ठान्न भोजनको समेत व्यवस्था गरिएको थियो।
डेनमार्कमा नेवारी कला र संस्कृतिको प्रवर्धन र संरक्षणमा संस्थागत सक्रियता देखाउदै राम महर्जन, शशि श्रेष्ठ, रवि श्रेष्ठ, राजमान महर्जन, गौरभ महर्जन, बादल महर्जन, उज्वल महर्जन लगायत सम्पूर्णको सहभागितामा कार्यक्रम सफल भएको थियो।
प्रवासमा रहेर गरिने यस्ता परम्परागत कला र संस्कृतिको प्रवर्धन र संरक्षणबाट दोश्रो पुस्ताका बालबालिकाहरुलाई समेत प्रेरणा मिल्ने हुँदा कार्यक्रम फलदायी हुने आयोजक संथाको धारणा रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३