एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् ।
त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।
ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए । एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो, उनले भने । भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए ।
जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनले बताए । सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए । वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३