नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिको आफ्नो पार्टीले बटमलाइन बनाउने भएको छ । नयाँ निर्वाचनको परिणाम सार्वजनिक भएपछि सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेसँगै दलहरुबीच पद बाँडफाँटबारे आन्तरिक गृहकार्य तीव्र भइरहेका बेला समाजवादीले राष्ट्रपति पदलाई बटमलाइन बनाउन लागेको हो ।
हालकै सत्ता गठबन्धनले नै सरकार बनाउने तयारी भएका बेला गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा समाजवादीले ‘पावर सेयरिङ’को भागबण्डामा राष्ट्रपतिको ‘बटमलाइन’ बनाउने पार्टीभित्र सहमति भएको हो ।
आइतबार बसेको सचिवालय बैठकमा गठबन्धनमा पावर सेयरिङबारे छलफल हुँदा राष्ट्रपतिलाई बटमलाइन बनाउँदा उपयुक्त हुने निष्कर्ष निकाल्दै सोही अनुसार अघि बढ्नेबारे नेताहरूबीच कुराकानी भएको छ । त्यसक्रममा नेताहरुबीच अहिले कांग्रेस र माओवादीले प्रधानमन्त्रीमा दावी गरेकाले ठूलो दलको हैसियतले सो पद उनीहरूलाई नै छोड्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।
‘प्रधानमन्त्रीमा दावी गर्न हाम्रो संसद संख्याको हिसाबले हैसियत पुग्दैन, त्यो गर्न पनि मिल्दैन’, बैठकमा भएको छलफलबारे उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पावर सेयरिङका क्रममा हामीले राष्ट्रपतिलाई बटमलाइन बनाउनुपर्छ भन्नेमा सबै नेताको निष्कर्ष छ ।’
सो क्रममा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा प्याकेजमा सहमति गर्न लागेको ‘ब्रिफिङ’ गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३