पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट रातीको समयमा प्रत्येक दिन सिकार गर्ने सिकारी सहित मृत जरायो र हातहतियार जमुनिया नाकाबाट निकुञ्ज सुरक्षार्थ टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर १ का लक्ष्मन सहिनी भन्ने ( बिशाल सहनी ), निवराज बस्नेत, काभ्रेपाल चौक दामोदर अधिकारी, मालदोम तामाङ झापस दास थारु पक्राउ परेका छन् ।
निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले बन्दुक पड्काएर उनीहरूलाई घेरा हानि पकाउ गरेको छ भन्ने उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउ र १२ लागने गोली, २ लाख ९० हजार नगद नाईटभिजन, बाईनाकुलर टेलिस्कोप पक्राउ गरेको बताए।
सिकारीहरुले बा ५ त प्र २-०२-०३००१ च ३०९० नम्बरको बलोरो गाडी प्रयोग गरेको र सो सवारी साधन नियन्त्रण लिएको हो। ७ जना सिकारीहरुको टोली पर्सा राष्ट्रिय निकुञ्जको वनमा सिकार गर्ने पुगेका थिए । सिकार गर्ने कर्ममा निकुञ्जका सुरक्षार्थको टोलीले घेरा हाने बन्दुक पड्काउदा दुई जना सिकारी फरार भएका थिए । त्यस मध्ये एक जना बोलोरोका डाईभर रहेका छन्।
ड्राईभरको खुट्टामा गोली लागि घाईते भएका हुन् । उनी अहिले भारतको बिहारमा फरार भएका छन भन्ने पाँच जना पक्राउ परेका छन्।
श्रोतका अनुसार सखुवा प्रसौनी गाऊपालिका पुर्ब अध्यक्ष प्रदिप जैसवालको घरमा छापामारी १ जना सिकारी लुकेको अवस्थामा पक्राउ गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७