महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई टेस्ला गाडी र आइफोनसहितको करोडौंको अफरसहित बुकिङ खुल्ला गरेको छ। काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले यस किसिम करोडौंको उपहार अफरमा सहभागिता हुनपाउने गरि यस अफर बजारमा ल्याएको छ । साथै पसल कवल बुकिङ गर्नेलाई विशेष छुटको पनि अफर भएको जानकारी महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले दिए ।
कम्प्लेक्समा सिमित संख्यामा बाँकि रहेका पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै १० प्रतिशत छुट र खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइनेछ । यो योजना आउँदो पुस २५ गतेसम्म लागु हुने छ। साथै लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार दिने अफर ल्याएको छौं’ महर्जनले भने । न्यूरोडमा व्यापार गर्न प्राइम लोकेसनको साथमा करोडौं मूल्य बराबरको उपहारको अफरलाई दुइर्ट हातमा लड्डु भन्दै महर्जनले अवसरको फाइदा उठाउन सबैलाई आह्वान गरे ।
कम्प्लेक्समा पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप एक जनालाई टेस्ला गाडी दिइने बताइएको छ । त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार एक जनालाई, तेश्रो पुरस्कार नीटा इभि कार एक जनालाई दिन लागिएको छ । चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार एक एक जनालाई दिइनेछ । यसको साथमा पसल बुक गर्ने हरेकलाई आइफोन १४ दिने कम्पनीले जनाएको छ ।
पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र रहने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७