पाकिस्तानी विकेटकिपर तथा ब्याट्सम्यान उमार अकमल प्रतिबन्धमा परेका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भ्रष्टाचार सम्बन्धि नियम उलंघन गरेको भन्दै तत्कालबाट लागु हुनेगरि अकमललाई प्रतिबन्ध गरेको हो।
पीसीबीले अकमलले एन्टी करप्सन कोडको धारा ४.७.१ को नियम उलंघन गरेको जनाएको छ।
प्रतिबन्धसँगै अकमलले अब कुनैपनि क्रिकेटसँगको गतिविधि गर्न पाउने छैनन्।
पीसीबीले पाकिस्तान सुपर लिगका लागि अकमाको स्थानमा अर्को खेलाडी ल्याउन भने मिल्ने जनाएको छ। अकमल यस सिजन क्वेटा ग्लाडियटर्ससँग आबद्द भएका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७