नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पदाधिकारीहरुको मंगलबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निष्कर्ष निस्कन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।
उक्त कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षमै बस्ने निर्णय भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले केही बेरमै नयाँ वानेश्वरमा बस्ने बैठकबाट विश्वासको मत लिँदैछन् । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३