वीरगंजको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीले छापा हानि तस्करीको सामान फेला पारेपछि सिल गरको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख एवम प्रहरी निरीक्षक बिसाल मल्लको कमाण्डको खटिएको टोलीले पाथीभरा ट्रान्सपोर्टमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि ल्याएको सामानहरुलाई भण्डारण गरि राखेको सूचना पाएलगत्तै छापा मारेको थियो । छापा मार्ने क्रममा राजश्व छलेर भित्रयाइएका कपडा, हार्डवेयर , चकलेट लगायतका सामान फेला परेपछि उक्त ट्रान्सपोर्ट सिल गरिएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित राजेश मल्लिकले सन्चालन गरेको श्री पाथीभरा ट्रान्सपोर्टमा प्रहरीले सिल गरेको हो ।
त्यसै गरि ट्रान्सपोर्ट सिल गरेर यस बारे राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको र आवश्यक प्रकृया राजश्व अनुसन्धान कार्यालयले नै अगाडि बढाउने प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७