स्थापित खलक युृवा समूहको आयोजनामा माघ ७ र ८ गते संचालन भएको ‘उदाय् फुटसल कप २०२३ ’ वाफल युनाइटेड फुटसल ग्राउण्डय् भएको छ । धैरै नै राम्रो प्रतिस्पर्धामा भएको उक्त खेलमा न्यत तुलाधरको टीम प्रथम, असं तुलाधरको टीम द्धितीय र ताम्राकार समूहको टीम तृतीय भएको थियो । उक्त प्रतिस्पर्धात्मक खेलमा विजयी टीमलाई उदाय् समाजका उपाध्यक्ष डा. प्रेमरत्न स्थापितजुले शिल्ड र ट्रफि हस्तान्तरण गर्नु भएको थियो ।
त्यसैगरी स्थापित खलःका अध्यक्ष दीपक स्थापितले विजयी टीमका खेलाडीहरुलाई प्रमापण पत्र हस्तान्तरण गर्नु भएको थियो । स्थापित खलःका कोषाध्यक्ष लक्ष्मण स्थापितले नगद पुरस्कार दिनु भएको उक्त खेलको प्रतियोगितामा प्रतियोगिता संचालन गुर्नु हुने मेन रेफ्रि वाइ. बी.सुनुवार र सहायक रेफ्रि उज्वल लिम्वुलाई पनि आयोजकले प्रसंशा पत्र हस्तान्तरण गर्नु भएको थियो ।
उदाय् समुदाय बीचमा एक आपसमा सदभाव र एकताको वातावरण सिर्जना होस भन्ने उद्धेश्यका साथ संचालन भएको उक्त खेलको उद्घाटन संघीय संसदया सभासद विराज भक्त श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो । खेलको उक्त उद्घाटन समारोहमा स्थापित खलःका अध्यक्ष दीपक स्थापित, खलःका सचिव ज्ञानेन्द्र रत्न स्थापित, स्थापित युवा समूहका अध्यक्ष सुविन स्थापित लगायतले आ-आफ्नो मन्तव्य पनि दिनु भएको थियो ।
स्थापित युवा समूहका सुमिया स्थापितं संचालन गर्नु भएको उक्त उदघाटन सत्रमा खेल प्रतियोगिताका संयोजिका नितिजा स्थापितले प्रतियोगिताका बारेमा जानकारी जानकारी गराउनु भएको थियो । पांचौ पल्ट भएको उक्त प्रतियोगितामा न्यत तुलाधर समूह, असन तुलाधर समूह, ताम्राकार समूह, स्थापित समूह व कंसाकार समूहको सहभागिता थियो भने त्यत तु्लाधर समूह र स्थापित समूहको दुई वटा समूहले खेलेका थिए । यसैगरी उक्त खेलको दौरानमा स्थापित महिला समूह व न्यत महिला समूहको र पुरुष दुई समूहको पनि खेल भएको थियो । नेपालको खेल जगतमा यस प्रकारका खेलहरुले नयाँ नयां खेलाडीहरु उत्पादन गर्नमा ठूलो टेवा पुग्ने पनि दर्शकहरुको बुझाइ रहेको छ ।