सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार प्रतितोला एक् लाख ६ हजार तीन् सय रुपैयाा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७