ब्यथा असह्य
लाग्दैन रतिभर रमाइलो कतै पनि
जहाँ हुन्न त्यहाँ तिम्रो उपस्थिती
लाग्दछ उजाड भीडभाडमा पनि
जमघटमा पनि लाग्दछ एक्लो सरी
कछुवाले आफु भित्रै शिर लुकाए सरी
लुकाइ राखेकि छुँ हृदयको ढुकुटीमा
तिमि गएनि तिमि बिर्सेर मलाई क्षितिज पारी
छाइरहन्छ तिम्रै यादको प्रकास हर घडी
के थाहा तिमिलाई बिछोडको व्यथा के भनि
शितल हावाको स्पर्शले पनि पोल्दछ भटभटी
लगायको मितेरी मायाको गाँठो कसि बेसरी
जानेन फुकाल्न आई सिकाइ देउन कसरी
आउँछ खेल्न सपनिमा हर रात तिमि
खेल्न खेल भनि लुकामारी
जान्छ लुक्न आँखामा मेरो पट्टिकसी
सकिन्न छुन तिमिलाई जति खोजे पनि
न सके फुकाल्नु त्यो आँखाको पट्टि
न सुन्यो तिमिले ब्रमाण्डनै थर्कने गरी
घाँटीमै च्याटिएर तिमिलाई बोलाए पनि
अव तःभो गाह्रो बस्न मात्रै म दुम बनी
तिम्रै सम्झनाले हृदयको घडा भरी
छछ्लकियो आँखा बाट आँशु बनि
सक्दो रहेछ बरू सहन घाउमा नुनचुक छरी
असह्य रहेछ बाच्न बिछोडको व्यथा बोकी
साँचो रहेछ भन्ने गरेको
“साग र शिस्नु खाएको बेश आनन्दित मनले “
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३