काठमाडौंको पुरानो बानेश्वरमा एक पबाबुले सात वर्षीया छोराीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । किशोर भण्डारी नामक ती व्यक्तिले पहिले छोरीको हत्या गरेपछि आफूले पनि डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३