मंगलबार सेयर बजारको परिसूचक नेप्से ७६.६४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१७७ अंकमा कायम भएको छ । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो । २१५ कम्पनीको मूल्य बढ्यो भने एउटाको स्थिर रहृयो । यस दिन कुनै पनि कम्पनीको मूल्य घट्न पाएन ।
सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३१, विकास बैंक १८६, फाइनान्स १०४, होटल ९७, जलविद्युत् १३८, लगानी ४, जीवन बीमा ४६७, उत्पादन १७५, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा ३९५, अन्य ४४ र ब्यापार उपसमूह ९१ अंक बढे ।
आधा दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी विद्युत्, आदर्श लघुवित्त, रिडी पावर र ग्रीन भेन्चरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, ङादी ग्रुप, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७