शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७