पर्सा प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
वीरगंजको हिमालयन होटल अगाडी सडक खण्डमा नक्कली सुन देखाई ठगी गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी पाउन लगत्तै क्राईम ब्रान्च प्रमुख एवम प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंजको हिमालयन होटलको अगाडीबाट स्कारपियोमा रहेका ४ जनाको साथबाट सुन आकार जस्तो देखने १ किलोको नक्कली सुनको बिस्कुटसहित ४ जनालाइ नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
नक्कली सुन देखाई ठगी गर्नेमा सर्लाहीका रामबिर चौधरी, लालबाबु राय, राकेश कुर्मी, अवधेश राय रहेका छन्। उनीहरुको साथबाट बरामद भएको धातु नियन्त्रणमा लिई परिक्षणको लागि सुन चादी व्यवसायी संघ पर्सामा पठाई चेकजाँच गराउदा सुनको जलप भएको धातुको रिपोर्ट आएपछि ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७