नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताएको छ ।
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने कांग्रेस महामन्त्री गगन थापाले बताए ।
‘केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको भनेर हल्ला चलाइएको छ । त्यो सबै कन्फ्युजन क्रियट गर्ने कुरामात्र हो,’ उनले भने, ‘राष्ट्रपतिका सन्दर्भमा माओवादी र कांग्रेसबीच भएको सहमतिमा कुनै फरक पार्दैन । प्रचण्डले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ ।’
प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका कांग्रेस महामन्त्री थापाका अनुसार ओलीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना छैन । ओलीले फैलाएको हल्लाको भरमा कांग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि नसार्ने उनको भनाइ छ । ‘कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने निश्चित भएको छ । अरु दायाँ–बायाँ हुने अवस्था छैन,’ उनले भने ।
कांग्रेस नेता विमलेन्द्र निधिले पनि कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताए । उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो । रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ ।’
देउवा सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । नेता एनपी साउदले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै बन्ने दाबी गरे । तर कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३