नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्।
माओवादीका उपमहासचिव शर्माले चार दलका बीचमा पौडेललाई उम्मेदवार बनाउने सहमति अन्तिम चरणमा पुगेको बताए।
‘पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन हामी सहमति नजिक पुगेका छौं। अब सत्ता गठबन्धनका विषयमा थप छलफल गरेर अन्तिम सहमति हुन्छ,’ उनले भने,‘चार दलले औपचारिक सहमति गरेपछि अरू दलसँग थप छलफल हुन्छ।’
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी शर्मा र नेकपा (एकीकृत समाजवादी) बीच बिहान राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो।
चार दलले अपराह्न ५ बजे थप छलफल गर्ने निर्णय गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७