काठमाडौं । क्रिस्टियानो रोनाल्डोले फुटबल करियरमा १ हजारपटकको खेलमा इटालियन सिरी एमा लगातार ११ खेलसम्म गोल गर्ने कीर्तिमान बनाएका छन् ।
सिरी एमा एसपीएसविरुद्ध युभेन्ट्सले २–१ को जित हात पार्दा रोनाल्डोले एक गोल गरे । यो उनको करियरको एक हजार पटकको खेलसमेत हो । रोनाल्डोले क्लबबाट ८ सय ३६ र देशबाट १ सय ६४ खेल खेलिसकेका छन् ।
३५ वर्षीय रोनाल्डो सिरी एको ११ खेलमा लगातार गोल गर्ने गाब्रिएल बाटिस्टुटा र फाबियो क्वाग्रीएरेलाको कीर्तिमान बराबरी गरेका छन् ।
रोनाल्डोले ३९ औं मिनेटमा जुवान क्वाड्रोडाको पासमा गोल गर्दै गोलको कीर्तिमान बराबरी गरे । ६० औं मिनेटमा आरोन राम्सेले युभेन्ट्सका लागि दोस्रो गोल गरे । रोनाल्डोले यस सिजन क्लब र देशका लागि गरेर ३६ खेलमा ३६ गोल गरिसकेका छन् ।
एसपीएलका लागि आन्द्रे पेटेग्नाले ६९ औं मिनेटमा पेनाल्टीमा १ गोल फर्काए । जितपछि युभेन्ट्सले अंक तालिकामा दोस्रो स्थानको इन्टर मिलानमाथि ४ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले २५ खेलबाट ६० अंक जोड्दा एक खेल कम खेलेको इन्टरको ५६ अंक छ ।
इन्टर मिलान र साम्पडोरियाबीचको खेल गएराती नै तय भएपनि कोरोना भाइरसको डरका कारण यससहित तीन खेल स्थगित गरिएको छ ।
इटलीका प्रधानमन्त्री गिसिपे कोन्टेले शनिवार प्रेस कन्फ्रेन्स मार्फत खेल रोकिएको जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७