नेपाल खेलकुद महासंघ समाजवादीको ललितपुर जिल्ला कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा आयोजित जिल्ला स्तरीय भेलाका बीच उक्त कमिटी गठन गरिएको हो ।
भेलाले कमिटीको अध्यक्षमा दिलीप विष्टलाई चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र विष्ट, निश्चल अवाले र सुनिल तामाङ चयन भएका छन् । भेलाले सचिवमा रमिला पोख्रेललाई चयन गरेको छ भने सह – सचिवमा नारायणी कपाली चयन भएकी छिन् । अप्सरा खनाल कोषध्यक्षमा चयन भएकी छिन् भने रञ्जित मगर, लक्षमण श्रेष्ठ, सुजन लामा, सुरेन्द्र तामाङ, किशोर महर्जन, कनैया श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
भेलामा महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष स्वयम्भू डंगोलले जिल्ला कमिटी पदाधिकारीको नामावली घोषणा गरेका थिए । भेलामा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य उमेश शर्मा बजगाईं, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सचिव हीराकाजी महर्जन – केशव श्रेष्ठ, एकीकृत समाजवादी ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३