काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरुले किताब बेचे र तोकेकै ठाउँबाट पोसाक किन्न बाध्य गरे दण्डित गरिने चेतावनी दिएका छन् ।
मेयर शाहले आज आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको जानकारी दिएका हुन् ।
उनले विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए । मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे ।
किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ गते नै परिपत्र गरेका थिए ।
यस्तो छ काठमाडौँ महानगरले विद्यालयलाई गरेको परिपत्र
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३