नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालहरुमार्फत समाजमा अराजकता फैलाउने कोशिस भइरहेको बताएका छन ।
आज (शनिबार) कम्युनिस्ट नेता नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले पछिल्लो समय विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको बताएका छन ।
उनले भने, ‘अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौज,‘अहिले वैचारिक विषयहरु वा यस खालका लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्’ ‘त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’
उनले ४ मंसिरमा भएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डा भन्दा मान्छे क्षणिक सेन्टिमेन्टतिर लागेको बताएका छन ।
उनले भने, ‘भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छेमा सेन्टिमेण्टलाई, भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ,यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ ।
वैचारिक वहस चलाउन जरुरी छ ।’ प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको धारणा राखेका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३