नेवाः देय् दबु ख्वप नगर कमिटीको आयोजनामा भक्तपुरमा गौतम बुद्धको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शनी सम्पन्न भएको छ।
मुनि विहार,भक्तपुरको समन्वयमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको जीवनीमा आधारित फोटो प्रदर्शनी भक्तपुरको दरबार स्वायरमा सम्पन्न भएको हो ।
महात्मा बुद्धको जीवन दर्शन र जीव जिवात्माहरुको कल्याणको लागि मोक्ष प्राप्तिका लागि जुन सन्देशले विश्व शान्तिको सन्देश दिन्छ तिनै कुराहरु नयाँ पुस्तालाई पनि चिनाउने हेतुले सो प्रदर्शनी आयोजना गरेको दबुले जनाएको छ।
उक्त फोटो प्रदर्शनी स्थानीय, विदेशी पर्यटक, आन्तरिक पर्यटक अनि स्थानीय विद्यार्थीहरुले अवलोकन गरेको दबुले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७