दुई दिन कैद बस्नुपर्छ भनेर करिब ६ महिना भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रौतहट गजुरा नगरपालिका २ घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका १ बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३