नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
मुद्दा दर्ता गराएकाहरुलाई ठगी,सरकारी कागजात कीर्ते,राष्ट्रहित विरुद्धको कसुर,संगठित अपराध र एकीकृत कसुर गरि पाँच प्रकारको कसुरमा हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।
यसरी मुद्दा दायर हुने प्रतिवादीहरुमा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ ,इन्द्रजित राई,टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् ।
यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७