अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले स्वार्थपूर्वक बजेट चलाएको कसैले देखायो भने पद छोड्ने दाबी गरेका छन्।
मङ्गलबार संसद्मा बजेट प्रस्तुत गरेपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री महतले आफूले स्वार्थपूर्वक बजेट नचलाएको दाबी गरेका हुन्।
उनले भने, ‘कस्ता विषयहरू समावेश भएको र स्वार्थ समूहको विषयहरू समावेश नभएको साक्षी अर्थ मन्त्रालय छ। मैले व्यक्तिगत रूपमा स्वार्थपूर्वक बजेट चलाएको कसैले देखाउँछ भने म अहिलेको पद छोडेर हिड्न सक्छु।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७