काठमाडौं – फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३