प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले थालेको अभियान नरोकिने बताएका छन् ।
पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका पदाधिकारीसँग सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा उनले भ्रष्टाचारविरुद्ध कदम चालेका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्थ आए पनि आफू तयार रहेको बताए । उनले सम्झौता गरेर भ्रष्टाचारविरुद्धको कदम रोक्नुपरे सरकार छाडेर जनतामा जानु उचित हुने उल्लेख गरे ।
प्रचण्डले आफूले जवाफ दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले र अध्यक्ष केपी ओलीले संसदीय, पद्धति, परम्परा, मूल्य र मान्यता नाघेको आरोप लगाए । आफ्नो भारत भ्रमणका क्रममा १० बर्षमा १० बजार मेगावाट बिजुली बिक्री गर्ने, एउटा हवाई रुट दिने र अर्को पनि दिनेबारे छलफल गर्दै जाने, जलविद्युत आयोजना निर्काणका काम अघि बढाउने जस्ता महत्वपूर्ण उपलब्धी प्राप्त भएको भन्दै त्यसलाई छायाँमा पार्न ओलीले भ्रमण १५ वटा भैंसी ल्याउन मात्र भएको भन्नेजस्ता गैरराजनीतिक टिप्पणी गरेको उनको भनाइ थियो । ‘मैले सबै कुराको जवाफ दिन्छु भनेर गएको छु । तलका मानिसलाई बोल्न दिने काम पनि भयो सभामुखबाट । हुँदै नहुने कुरा थियो । मैले बोलिराखेको छु। मैले बोलिसकेपछि प्रतिवाद गर्ने कुरा त हुन्थ्यो । पछि उनीहरू नांगिन त नांगिए । नराम्रोसँग नांगिए । त्यो लोकतान्त्रिक विधि थिएन । सांस्कृतिक, सभ्यता, नैतिकता केही पनि रहेनछ भनेर छ्यांगै देखियो ।’
उनले आफू सरकारमा हुँदा गरेका राम्रो कामको प्रचार हुन नसकेको भन्दै गुनासो गरे । विगतेदखि नै राम्रो काम गरियो भनेर चुप लागेर बस्दा जनतामा भ्रम छर्नेहरु सफल हुने गरेको उनले बताए । ‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई राम्रो हो भनेर जनतालाई बुझाउने र प्रतिगामी, प्रतिक्रियावादी र दक्षिणपन्थीहले फैलाउने भ्रमलाई चिर्ने र प्रतिवाद गर्ने कुरा महत्वपूर्ण हुँदो रहेछ’, उनले भने, ‘राम्रो गरेको छु भनेर चुप लागेर बस्यो भने हुँदोरहेनछ भन्ने विगतका थुप्रै घटनाक्रमबाट देखियो । राम्रो गरेको कुरालाई जनतामा स्थापित पनि गर्ने र राम्रो गरेकोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्र हामीले आन्दोलनर्ला, जनतालाई र राष्टलाई राम्रो गर्न सकिन्छ ।’
आफ्नो नेतृत्वमा सरकार गठन भएको करिब ६ महिना बित्नै लाग्दा जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा रहेका नेपालीहरुर्ला सम्बोधन गर्ने र देशभित्रका पनि थुप्रै बेथितिहरुर्लाइ रोक्ने काम भएको र पछिल्लोचोटि भारत भ्रमणमा क्रममा गरिएका पहल र प्रयासहरुका कारण सरकार राम्रो दिशामा अघि बढिरहेको दाबी प्रचण्डले गरे । धेरै अप्ठयारो अवस्था र घेराबन्दीका बीचबाट पनि सरकारले राम्रो काम गरिरहेको उनले औंल्याए । ‘निकै अप्ठ्यारो स्थितिमा हो । हामी सजिलोमा भएर, फटाफट गर्ने स्थिति त होइन नि । अप्ठ्यारो, जटिलता धेरै खालका घेराबन्दीहरुका बीचबाट लिइएका पहलकदमी हुन्’, प्रचण्डले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३