जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कोही तर्सिन नपर्ने बताएका छन्।
सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चासँग कोही तर्सिन नपर्ने बताएका हुन्।
उनले भने, ‘यो मोर्चासँग कोही पनि तर्सिनु पर्दैन। यो कसैकाविरुद्ध लक्षित छैन। त्यसकारण कोही नतर्सिए हुन्छ। कोही साथीहरू मोर्चा घोषणाअघि नै बड्बडाइरहेका थिए। हामी देश र जनताको हितका लागि मुलुकमा अग्रमन र परिवर्तनका लागि अगाडि बढ्छौँ।’
यस्तै, उनले देशमा शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेको दाबी गरेका छन्।
उनले भने, ‘लोकतन्त्रको संस्थागत, संघीयता, गणतन्त्र मौलिक हक जस्ता अधिकार प्राप्त भएपनि प्रतिगमनकारी शक्तिबाट धरापमा पार्ने र समाप्त पार्ने र पुरानै व्यवस्थामा फर्कने प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धि हासिल गर्न मोर्चा अग्रसर हुनेछ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७