भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला वाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । असार ३ गतेको अविरल बर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो ।
मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो । केही स्थानको सडकपनि अबरुद्ध बनेको थियो ।
हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेचि राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ ।
हेवा खोलामा बेलिब्रिजको काम तिव्ररुपमा भइरहेको छ । निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् । मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३