सूचनाको हकका लागि राष्ट्रिय महासंघले आम नागरिकले पाउनुपर्ने सूचना हकलाई सरलीकृत एवम् प्रत्यभूति गराउन समुदाय जागरण अभियानको सुरू गरिने भएको छ ।
महासंघ काठमाडौँ शाखाले आगामी शनिवार असार ३० गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. ६ लाई केन्द्रमा राखेर पदयात्रा समेत गर्ने भएको छ । विहान ७ बजे जोरपाटीचोकबाट सुरू भई बौद्ध परिसरमा पुगेर कोणसभामा परिणत हुने जनाएको छ । सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारासहित विश्व सम्पदा सूचिकृत बौद्ध स्तूपबाट सुशासन र जवाफदेहिताका लागि सकारात्मक शन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ गरिने काठमाडौँ शाखा कार्यसमितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक भीम लामाले जानकारी दिए । अभियानमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरूको समेत उपस्थिति रहने जनाएको छ ।
समुदाय जागरण अभियान सूचनाको हकका लागि राष्टिय महासंघले सर्वसाधारण नागरिकलाई सुसूचीत गर्न संचालन गरेको अभियान हो । अभियान प्रत्येक शनिवार आयोजना गरिने बताएको छ । अभियानको सुरुवात यसै शनिवार काठमाडौंको जोरपाटी चोकमा भेला भएर शुभारम्भ गरिने भएकाले युवा, विद्यार्थी, सामाजिक अभियानकर्मीहरुलाई सहभागीताको लागि आह्वान गरेको छ । बाटोमा भेटिएको पैदल यात्री र घर धनीहरुलाई सूचना किन माग्ने भनेर लेखिएको स–साना पर्चा वितरण गरिने छ भने यात्रामा सरिक यात्रीहरुले भ्रष्टाचार बिरोधी र सूचना माग सम्बन्धी नारा लेखिएको सूचना तथा सन्देशमूलक प्लेकार्ड तथा ब्यानार प्रयोग गरिने संयोजक लामाले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३