एक सय नेपाली नर्सहरु बेलायत लैजान पहिलो चरणका लागि आवेदन खुला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा नर्सलाई पठाउनका लागि आवेदन खुलाएको हो । नेपाल बेलायतबीच भएको श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।
दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको हुनुपर्ने छ भने नर्सिङमा स्नातक तथा स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउने छन् । तर उमेर भने २० वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३