ज्योती ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतीले ‘छ- जी’ बोलको गीत सार्वजनिक गरेका छन। उनले सो गीत नेवारी भाषा तथा प्रेमलाई समर्पित गरेर गाएका हुन् । छ-जी को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरेका छन् ।
ज्योतीले एक वर्षसम्म मन मस्तिष्क लगाएर रचेको छ-जीले दर्शक माँझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको छ। नेवारी भाषामा भएतापनि यसको हृदय स्पर्शी धुन र भिडियो मार्फत् सबै पृष्ठभूमीका दर्शकहरु माँझ गहिरो छाप छोड्ने छ।
एउटा कलाकारको रुपमा ज्योतीले यस गीतको लेखनमा मात्र नभई गीतको रचनाको प्रत्येक चरणमा सक्रिय भएका थिए जसले संगीतप्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ। त्यसैगरी, यसै भिडियो मार्फत् मोडल तथा अभिनेत्री ज्योत्सना योगीले डिरेक्टरियल डेब्यु गरेकी छन् भने जेम्स प्रधानले रचना तथा प्रडक्सन गरेका छन् ।
संगीत प्रेमीहरूको लागि पहुँचयोग्य बनाउन यो गीत सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३