मिसा साहित्यकार मुनाको आयोजनामा हिजो अनलागाः त्रयोदसि, सोमबार (श्रावण १५ गते) नेपालभाषा गुगल ट्रान्सलेशन कार्यक्रमको विधिवत उद्घाटन भएको छ । प्रविधिको माध्यम जूम मार्फत सन्चालित यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनु भएका विभिन्न व्यक्तिहरु सहभागी हुनुभएको थियो ।
मिसा साहित्यकार मुनाका अध्यक्ष श्रीमति अन्जना ताम्राकारको सभापतित्वमा शुरु भएको यस कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिक रत्न शाक्य मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको थियो । यसै गरी विशेष अतिथिको रुपमा WNO का अध्यक्ष संयुक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष सिजन श्रेष्ठ, गुगल टीमको फोकल पर्सन उज्ज्वल राजभण्डारी, नेवाः मिसा दबूका अध्यक्ष कस्तुरी श्रेष्ठ, WNO नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ सहभागी हुनुभएको थियो ।
कार्यक्रममा सहभागी हुनुभएका विभिन्न ब्यक्तित्वहरुले गुगल ट्रान्सलेशनको महत्वलाई लिएर आआफ्ना धारणा राख्नुभएको थियो । स्मरणीय छ, आजभोलि नेपालभाषा गुगल ट्रान्सलेशन गर्ने कार्यमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विशेष प्राथमिकता दिएर नेपालभाषा प्रेमी पौभाः साय्मिको नेतृत्वमा दैनिक रुपमा नै गुगल ट्रान्सलेशन कार्य अगाडि बढाईरहेको र वर्ल्ड नेवाः अर्गनाइजेशनको फेसबुक पेजबाट लाइभ गरी गुगल ट्रान्सलेशनको महत्वलाई सामाजिक सन्जाल मार्फत फैलाउने प्रयास भईरहेको छ ।
यसै गरी अमेरिकामा नरेश शाक्य सहितका नेतृत्वमा र नेपालमा शाक्य सुरेनको पहलमा यस्ता गुगल ट्रान्सलेन कार्य हुँदै आएकोमा अहिले मिसा साहित्यकार मुनाको नेतृत्वमा यसै गरी गुगल ट्रान्सलेशन कार्यको शुभारम्भ हुन लागेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३