नेपालमा आजदेखि केही दिन भारी वर्षात हुने भएको छ ।
जल तथ मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान् महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेकाले केही दिन भारी वर्षा हुने औंल्याएको छ ।
न्यूनचापीय रेखा पूर्व र पश्चिम दुवै क्षेत्रमा नेपालनजिक रहेकाको मौसमविद शान्ति कँडेलले बताइन् । महाशाखाका अनुसार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अपराह्न देशभर सामान्य देखि पूर्ण बदली रहनेछ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मधेश तथा लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षातका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अपल गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७